महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको सहकारी पेट्रोलपम्प अव देखि २४औं घण्टा सेवा दिनेगरी संचालनमा आएको छ ।

श्री सहकारी संस्था महेन्द्रनगर द्धारा संचालित पेट्रोलपम्प स्थानिय सुशिल कुमार चौधरी आपसी समझदारी अनुसार ठेक्का लिइ शनिवार एक कार्यक्रम विच उदघाटन गरी संचालनमा ल्याएको छ ।

Your Ad Code Here

क्षिरेश्वरनाथ नगरपालिका नगर उपाध्यक्ष अनिल कुमार चौधरीको छोरी अन्दाजी ३ वर्षिय इसानि चौधरीको हाथवाट सेवाग्राहीलाई पेट्रेल दिइ उदघाटन गरेको संचालक सुशिल चौधरीले जनकारी दिए । साथै महेन्द्रनगरमा पहिलो चोटी यी भेगका सेवाग्राहीलाई मध्यनजर गर्दै २४औं घण्टा पेट्रोलपम्प संचालनमा ल्याएको संचालक चौधरीले बताए ।

धनुषा जिल्लामै दोस्रो पेट्रेलपम्प २४औं घण्टा संचालनमा आएपछि सेवाग्राही खुसी भएका छन । कार्यक्रममा स्थानिय बुद्धिजिवी, व्यापारी, सेवाग्राहि लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग