महेन्द्रनगर,
लायन्स क्लव अफ काठमाडौं सिन्डेरेलाको आयोजना र सिन्डेरेला नेपालको सहयोगमा वालकक्षाका विद्यार्थीहरुलाई जाडोको टोपी र शौक्षिक सामग्री वितरण गरिएको छ ।

धनुषा मिथिला नगरपालिका २ सुखजोर स्थित रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयका बालकक्षामा अध्यनरत करिब ५२ ओटा बालवालिकालाई जाडोको टोपी र शौक्षिक सामग्री वितरण गरिएको छ । सिन्डेरेला नेपालकी अध्यक्ष आशिका गिरीको अध्यक्षता र मिथिला नगरपालिका वडा नम्बर २ का अध्यक्ष विहारी महतोको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच तराई क्षेत्रमा लगातारको सितलहरलाई मध्यनजर गर्दै बालवालिकालाई जाडोको टोपी र शैक्षिक समाग्री वितरण गरिएको कल्बका अध्यक्ष गिरीले बताए । साथै आउने दिनमा पनि विशेषगरी शैक्षिक संस्था, गरिव विपन्न समुदायहरुको लागी हाम्रो संस्थाको साथ सहयोग रहने जनकारी दिनुभयो ।

Your Ad Code Here

त्यस्तै कार्यक्रममा उपस्थित प्रमुख अतिथी वडाअध्यक्ष महतो जाडोको समयमा वालवालिकाहरुलाई जाडोको कपडा र शैक्षिक सामग्री वितरण गरिएको संस्थालाई धन्यवाद दिदैँ विद्यालयको पठनपाठनको अवस्था सुधारका लागी हामी, तँपाई सबैलाई आआफनो ठाउँबाट ध्यानदिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री नारायण महतो, हिमालय यूवा क्लवका अध्यक्ष शिव राम महतो, लक्ष्मी यूवा क्लवका अध्यक्ष लक्ष्मण साह, नेकपा एमाले मि.न.पा.२ वडा संयोजक बच्चेलाल महतो, श्री राष्ट्रिय आधारभुत विद्यालयका प्रधानध्यापक अरुण कुमार महतो, शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग