महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको एभरेष्ट पेपरमिलमा भुसा ओसारने वेल्टमा परी एक मजदुरको मृत्यू भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ९ औरहा हाल वडा नम्बर ५ सिन्धुलीटोल बस्ने गौरी प्रसाद श्रेष्ठको छोरा अन्दाजी वर्ष ३७ को मनोज श्रेष्ठ शनिवार विहान करिब ९ बजे भुसा ओसारने क्रममा वेल्टमा फसेको एक मजदुरले जनकारी दिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली मुचुलका उठाइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बेचन यादवले बताए ।

 

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग