महेन्द्रनगर,
धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.४ नेपाल सदभावना पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका राजेन्द्र महतोले निर्वाचन एन २०७४ को दफा २५ को उपदफा (१)÷(५) बमोजिम नाम फिर्ता लिएको छ ।

उम्मेदवारी फिर्ता लिएका महतोको अनुसार जुन आस र विश्वासको साथ पार्टीमा लागेका थिए त्यो विश्वास घात भएकोले आफू पार्टीको सधारण सदस्य पनि नरहनेगरी पार्टी परित्याग गर्दै मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा पुर्ण रुपेन नेकपा एमालेपार्टी एंव नेकपा एमालेपार्टीका उम्मेदवारलाई सहयोग रहने बताउनु भयो । उम्मेदवारी फिर्ता लिनेहरुको लागी बुधवार दिउँसो १ बजे सम्मको समय तोकिएको समय भित्र महतो स्वम आफनो सहयोगीहरुको साथ निर्वाचन कार्यालय क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर जसैबावा धर्मशलामा पुगी आफनो उम्मेदवारी र्फिता लिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग