महेन्द्रनगर, हिन्दु धर्मालम्बीहरुको महान चाड विजया दशमीको अवसरमा लगाइने टिका धनुषाधाम नगरपालिका नौसय स्थित हिन्दु र मुस्लिम एकसाथ मनाएका छन । धनुषाधाम नगरपालिकका नगर उपप्रमुख विद्यादेवी भुजेलको प्रमुख आतिथीय र बजरंग अधारभुत विधालयका व्यवस्थापन समितिका अध्यक्ष (पत्रकार) विनय यादव स्थानिय यूवाहरुको अगुवाईमा आयोजित एक कार्यक्रम विच हिन्दु मुस्लिम एकसाथ मान्यजनबाट टिका लगाइ यो कार्यक्रम गरेको अध्यक्ष यादवले बताए । कार्यक्रममा उपप्रमुख भुजेल सबै जात धर्मको आ–आफ्नो पर्व भएपनि समाजमा भाईचारा कायम राख्न धर्मभन्दा पनि मानवता दर्साउनुपर्ने बताइन् । साथै, यस टीका कार्यक्रममा हिन्दु मुस्लिम समुदाय एकसाथ टीका कार्यक्रम मनाउदा निकै खुसी भएको बताइन । आउने दिनमा अझै समाजिक सदभाव बढदै जाओस् भन्ने कामना समेत गरे । त्यस्तै धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्रकुमार महतोले असत्य माथी सत्यको विजयको स्वरुप यो पर्व विजया दशमीमा दुई समुदाय एक ठाउँमा टिका मनाउनु नै मानवताको परिचय भएको बताए । एकापसमा दुःख बिर्सेर मित्रता बढाउनका लागि यस टीका कार्यक्रमको मान्यता दिएको बताए । टिका कार्यक्रममा सहभागी मोलबी अलाउदिन राईनले पर्वले भाईचाराको सद्भाव महोबतको पैगाम पठाउन खाले टिका कार्यक्रम रहेको बताए । प्रत्येक व्यक्तिको आफ्नो आफ्नो धर्म हुन्छ र सबै समुदाय एकाआपसमा मिलिजुलि मनाउनु पर्ने बताए । कार्यक्रममा स्थानीय बुद्धिजीवी ,राजनेतीकर्मी, शिक्षक, पत्रकार, समाजसेवीहरुको उपस्थिति रहेको थियो । बुधवार बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा टीका लगाएपछि टीका लगाउने क्रम जारी रहेको छ । केही जिल्लामा बुधवार एक दिन मात्र टिका लगाएपछि धेरैजसो जिल्लामा कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक विसर्जन गर्दै नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवं मान्यजनबाट टीका र जमरा लगाउने प्रचलन रहेको छ । नेपाल लगायत विदेशमा रहेका नेपालीहरु बुधवार स–परिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गरेका छन् । मान्यजनले टिका लगाउँदा महिला र पुरुषलाई छुट्टाछुट्टै आशिष दिने चलन छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech