महेन्द्रनगर, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि धनुषामा महिला तथा पुरुष कवडी खेलाडी छनौट गरिएको छ ।
पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको छ । राष्ट्रिय प्रतियोगितामा छनौट हुनका लागि भदौ १३ गते सोमवार क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सिसमेटिक स्कुलको खेल मैदानमा एक कार्यक्रम विच महिला खेलाडी १० र १२ पुरुष कवडि खेलाडी छनौट गरिएको धनुषा जिल्ला कवडी संघले जनाएको छ ।
धनुषा जिल्ला कवडी संघका अध्यक्ष सरोज कुमार सिंहका अनुसार जिल्लाबाट छनौट भएका खेलाडीहरु प्रदेशस्तरमा छनौट भयो भने राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रदेशस्तरमा छनौट चरण भदौ १६ देखि १० गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिनेछन् ।’
जिल्ला खेलकुद विकास समिति धनुषा र जिल्ला कवडी संघको आयोजनामा स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद नारा सहित आयोजित खेलाडी छनौट प्रतियोगितामा सहभागी अतिथीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी शुभकामना दिदैँ अहिले पनि खेल र खेलाडीहरुको लागी स्थानिय, प्रदेश र संघ सरकार जुन रुपमा सहयोग गर्नुपर्नेहो त्यो देखिएको छैन साथै खेलाडीहरुलाई स्वास्थ्यको लागी भएपनि मानव शरिरको लागी खेल अति आवश्यक रहेकोले आफनो ठाउँ र आफनो शरिरको लागी पनि खेललाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धनुषाका लेखापाल अजित मिश्रा, नेपाली कांग्रेस क्षिरेश्वरनाथ नगरपालिका नगर सभापति लालबावु यादव, जनजाती महासंघ मधेश प्रदेश संयोजक मनोज सिंह, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६का वडाअध्यक्ष विनोद प्रसाद गुप्ता, धनुषा जिल्ला फुटवल संघका अध्यक्ष राम केवल मुखिया लगायतका अथितीहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech