दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर आसपासको क्षेत्रमा खुलेआम घरेलु मदिरा विक्री वितरण र उत्पादन भइरहेको छ । सखुवा महेन्द्रनगरको सखुवा बजार, नयाँबजार, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ सितानगर, मिथिला नगरपालिका वडा नम्बर २ जेडिपी लगायतको क्षेत्रमा खुलेआम विनाअनुमती र गुणस्तरहीन घरेलु मदिरा विक्री वितरण र उत्पादन भएपनि स्थानिय प्रशासन मौन बसेको छ । अवैध घरेलु विषाक्त मदिरा सेवनको कारण पछिल्लो वर्ष ०७६ फागुन २७ गतेदेखि चैत २ गते सम्म धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ रमदैयामा घरेलु मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको थियो भने जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मुसहरी टोलका चार जनाको मृत्यु भएको थियो । त्यसैगरी, ०७६ चैत २ गतेदेखि ५ गते सम्ममा महोत्तरीको मनरा सिस्वा नगरपालिकामा पाँच जनाको मृत्यु भएको थियो र त्यो घटना सेलाउन नपाउँदै ०७७ वैशाख १० गतेदेखि वैशाख २३ गतेसम्ममा विषाक्त मदिरा सेवनकै कारण महोत्तरीको भङ्गहा नगरपालिका वडा नं. ६ र ७ तथा बर्दिबास नगरपालिका वडा नं. १२ मा १३ जनाको मृत्यु भएको थियो । अवैध घरेलु मदिराको सेवनबाट वर्षिनी मानिसको मृत्यू भएपनि स्थानिय प्रशासन र सरोकारवला निकाय मौन बसेको हुन्छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग