धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा ‘बाथको’ डिलर्सको उद्घाटन गरिएको छ । ढल्केवरमा सञ्चालित जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सले ‘बाथको’ प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो ।
शनिवार एक मिथिला नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नन्दकिशोर यादवले बाथको उक्त शोरुमको शुभारम्भ गरेका हुन् । त्यसअवसरमा नेपालका प्रबन्ध निर्देशक विकास कुमार झाले मधेस प्रदेशमा जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्स बाथको नेपालको दोस्रो आधिकारिक विक्रेता रहेको जानकारी दिए । उनले यसअघि यो प्रदेशमा पहिलो पटक बाराको कलैयामा ‘बाथको’को डिलर्स सञ्चालनमा ल्याइएको उल्लेख गरे ।
भारतमा निर्माण हुने ‘बाथको’ ब्राण्डको नेपालको होल डिस्ट्रीब्युटर्स बाथको नेपाल कम्पनी रहेको छ । विगत ९ महिनादेखि बाथको नेपाल कम्पनीले उक्त ब्राण्डका सामाग्रीहरु भारतबाट नेपाल निर्यात गर्दै आइरहेको कम्पनीका प्रबन्ध निर्देशक झाले जनाए । ‘बाथको’ मल्टिनेशनल ब्राण्ड रहेको उनले दावी गरे ।
अहिले प्रमुख शहरहरुमा आधिकारिक विक्रेता राखेर विक्री वितरणमा ल्याइएको ‘बाथको’ प्रोडक्टलाई विस्तार गरिरहेको उनको भनाई छ । उनका अनुसार हाल काठमाडौं, पोखरा, धरान, विराटनगर, विर्तामोड लगायतको प्रमुख शहरहरुमा ‘बाथको’को आधिकारिक विक्रेता तोकिएको छ ।
‘बाथको’ले उत्पादन गर्दै आएको ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिङ्स, बाथ एक्सोसेरिजसहितका सामाग्रीहरुको ११ वर्षको वारेण्टी रहेको झाको भनाई छ । ११ वर्षभित्र उक्त सामाग्रीहरु टुटफुट भए फिर्ता हुने उनले जनाए ।
उद्घाटन कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सका सञ्चालक तेजनारायण साह, अर्का सञ्चालक सुनिल सिंह, मिथिला उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, स्थानीय व्यापारीलगायतको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech