दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,

मधेश प्रदेशस्तरीय प्रथम स्वर्गीय रामनारायण मिश्र फुटबल प्रतियोगिता २०७९ आजबाट सुरु भएको छ ।

Your Ad Code Here

धनुषा जिल्ला फुटबल संघको आयोजना र महिला बाल बालिका, यूवा तथा खेलकुद मन्त्रालय, मधेश प्रदेशको सहयोगमा सुरु भएको खेलमा धनुषा, महोत्तरी, सिरहा, सलार्ही, सप्तरी, बरा, पर्सा र रौतहट गरी जम्मा ८ ओटा टिम सहभागिता जनाएका छन ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर मा.वि.को खेल मैदानमा स्वास्थ्यको लागी खेलकुद राष्ट्रयको लागी खेलकुद, प्रदेशको लागी खेलकुद मुल नाराका साथ सुरु भएको खेलमा प्रमुख अतिथी मधेश प्रदेश प्रदेश प्रमुख हरि शंकर मिश्र सहभागी टिमका खेलाडिहरुलाई जितको अग्रिम शुभकामना दिँदै स्वर्गिय राम नारायण मिश्रको जिवनीबारे चर्चा गर्दै उहाँ विद्यार्थी जिवनबाट नै एउटा मेहन्ती खेलाडी र संगितकार पनि हुनुहुन्थीयो ।

त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ठ अतिथी मधेश प्रदेश महिला वालवालीका यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह कुनै पनि देशमा त्यहाँका यूवा आफनो उर्जा देशका हरेक ठाउँमा परिचालन गर्दैन तव सम्म देश विकास सम्भाव छैन र यूवालाई उर्जाबान बनाउनको लागी मधेश प्रदेश सरकारले विभिन्न खेलकुदमा आफनो लगानी गरेका छन आउनेदिनमा पनि यसलाई निरन्तरता दिनेनै छ ।

धनुषा फुटवल संघका अध्यक्ष राम केवल मुखियाको अध्यक्षमा आयोजित फुटबल प्रतियोगिताको प्रथम उदघाटन खेल सिरहा र रौतहट विच भएकोमा सिरहाले एक गोल गर्दै जित हासिल गरेको छ भने दोस्रो उदघाटन खेल सलार्ही र पर्सा विच भएको रोमान्चक खेल समय अवधि भरी एक एक गोल गरी  बरावरीमा सम्पन्न भएको थियो भने पेनाल्टीमा सलार्ही ४ का विरुध ५ गोल गर्दै जित हाथ पारेका छन ।

प्रतियोगितका उदघाटन कार्यक्रममा जिल्ला सम्नव्य समितिका अध्यक्ष राजनन्दन मण्डल, निवर्तमान अध्यक्ष रामदेव वनरैत यादव, समाजसेवी, विभिन्न कार्यालयका प्रतिनिधि, खेलप्रेमी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग