महेन्द्रनगर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा जेलियो ईभी स्कुटरको सोरुम सञ्चालनमा आएको छ । बुधबार क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच सोरुमको विधिवत् उद्घाटन गरिएको हो । महेन्द्रनगर स्थित राष्ट्रिय वाणिज्य बैंकको तल्लो तलामा सञ्चालनमा आएको उक्त सोरुमको उद्घाटन कार्यक्रममा क्षिरेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, जेलियोका सीईओ राजु गुप्ता तथा सेल्स हेड अफिसर श्रीधर भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । त्यसैगरी, कार्यक्रममा नेकपा एमाले क्षिरेश्वरनाथ नगर कमिटीका अध्यक्ष अनिल चौधरी, क्षिरेश्वर उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह लगायत स्थानीय व्यवसायी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको सोरुमका सञ्चालक प्रदीप साहले जानकारी दिए । सोरुम उद्घाटनका अवसरमा उपस्थित जेलियोका सीईओ राजु गुप्ता र सेल्स हेड अफिसर श्रीधर भण्डारीले कम्पनीका विद्युतीय स्कुटरका विशेषता तथा तिनको प्रयोगबारे जानकारी गराएका थिए । उनीहरूले विद्युतीय सवारीसाधनको बजार, यसको उपयोगिता तथा ग्राहकलाई उपलब्ध हुन सक्ने सुविधाबारे समेत जानकारी दिएका थिए । पेट्रोलबाट चल्ने सवारीसाधनको विकल्पका रूपमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढिरहेको सन्दर्भमा महेन्द्रनगरमा ईभी स्कुटरको सोरुम सञ्चालनमा आउनुले स्थानीय उपभोक्तालाई विद्युतीय स्कुटरबारे जानकारी लिन तथा उपलब्ध मोडेलहरू बुझ्न सहज हुने अपेक्षा गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा सोरुम सञ्चालनमा आएसँगै स्थानीय बजारमा विद्युतीय स्कुटरको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमै सोरुम उपलब्ध हुँदा ग्राहकलाई स्कुटरका मोडेल, विशेषता तथा खरिद सम्बन्धी जानकारी लिन सहज हुने संचालक प्रदिप साहले बताए । सोरुमका सञ्चालक प्रदीप साहका अनुसार उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि, कम्पनीका पदाधिकारी तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो । महेन्द्रनगरमा नयाँ व्यवसाय सञ्चालनमा आएसँगै स्थानीय बजारमा विद्युतीय सवारीसाधन सम्बन्धी व्यवसायिक गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech