दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ६९ करोड ११ लाख २७ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।

Your Ad Code Here

‘स्वास्थ्य, शिक्षा र आर्थिक विकास, सामाजिक न्याय क्षीरेश्वरनाथको निकास’ भन्ने मुल नारालाई आत्म साथ गर्दै क्षीरेश्वरनाथ नगरपालिकाको दसौं नगर सभाबाट ६९ करोड ११ लाख २७ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

सम्पन्न दसौं नगरसभामा क्षीरेश्वरनाथ नगरपालिकाका नगर उपप्रमुख रचना माथेमा उपस्थित अतिथिहरुको स्वागत गरेका थिए भने नगर प्रमुख सुखदेव यादवले सो वजेट सम्बन्धि नित्ति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि महेन्द्र यादव, नेपाली कांग्रेसका प्रतिनिधि लालबावु यादव, लोसमा प्रतिनिधि राम राज महतो, समाजसेवी मितलाल गिरी, क्षिरेश्वरधर्म संस्थाका अध्यक्ष ईवरी अधिकारी, खानेपानि अध्यक्ष राम जुलुम यादव, क्षिरेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, प्रत्येक वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग