महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ का अध्यक्ष मुवारक कवारिले बुधवार पदभार ग्रहण गरेका छन् ।

स्थानीय तह निर्वाचनमा विजयी भएका कवारी पदभार ग्रहण गर्दै यो जित वडाबासीको जित हो भन्दै वडावासीको सानोभन्दा सानो समस्यालाई पनि आफूले महत्वका साथ हेर्ने भन्दै जनताको आशा र विश्वास टुट्न नदिने बताए । यसै वडा भित्र २०२२ सालमा स्थापना भएको दुर्गा तुलसि राष्टय प्रा.वि.मा अध्यन गरेका विद्यार्थी विभिन्न उच्च ओहदामा पुगेपनि यो विद्यालयको अवस्था जस्ताको त्यस्तै छ तर नगरबासीको सहयोग भयो भने आफनो कार्यकालमा मा.वि.सम्म संचालनमा ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

Your Ad Code Here

साथै नगरपालिकाबाट वडा विकास निमार्णको लागी आउने बजेट नगरबासीको सुझाव सल्लाह अनुसार नै काम गर्ने अशुवासन दिनुभयो । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ को जनताले आफूमाथी विश्वास गरेर यस्तो अध्यक्ष पद जस्तो गरिमामय पदमा निवार्चित गरेको हुँदा वडाको समस्या समाधान गर्न आफू र आफ्नो टिम सक्षम रहेको भन्दै उनले नमूना काम गरेर देखाउने बताए । । ५ सदस्यीय वडा समितिमा पुरौ पाइनल नेपाली कांग्रेसका प्रतिनिधि निर्वाचित भएका हुन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, विशिष्ठ अतिथी वासलाल महतो, अतिथी भवना ढुन्गेल, मोहन माथेमा, क्षीरेश्वरनाथ धर्मसंस्था अध्यक्ष इश्वरी प्रसाद अधिकारी, पुर्व वडाअध्यक्ष राम किशुन यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग