महेन्द्रनगर, नेपाली कांग्रेस वटेश्वर गाउँपालिका वडा नं ५ ले आफ्नो चुनावी घरदैलो अभियानलाई तिब्र बनाएको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचन नजिकीएसंगै नेपाली कांग्रेस वडा नं ५ ले चुनावी घरदैलो अभियानसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको हो । सोही अवसरमा आज नेपाली कांग्रेस वडा नं ५ ले वटेश्वरबजार, राम चोक, कालिपुर लगायतक ठाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा वटेश्वर गाउँपालिकाको लागी मेयर पदका उमेदवार राम अशिष महतो, उपमेयर पदका उमेदवार फुल कुमारी सिंह र वडा नं ५ का वडा अध्यक्षका उम्मेदवार शिव करण यादवले मतदाता सामु आफूलगायत आफ्नो टिमलाई अमुल्य मत दिई जिताउन आग्रह गर्दै वडामा आफुलगायत आफ्नो टिमले जितेमा वडामा गर्न बांकी रहेका विभिन्न विकासका कामलाई प्राथमिका दिई पुरा गर्ने बाचा गर्नुभयो ।
सो अवसरमा वडा नं ५ का उम्मेदवारहरुले वडामा महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त, दलित लछित थुप्रै कामहरु लगायत विकास पुर्वाधारको काम बाटो निर्माण बनाउने कामहरु व्यविस्थत तवरले सम्पन्न गर्नका लागि एउटा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले पनि पुरै टिमलाई नै भोट दिएर जिताउन ५ नम्बर वडावासी मतदाताहरुलाई अनुरोध गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech