दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
हिन्दुहरुको महान पर्व शुभ दिपावली लक्ष्मी पुजाको उपलक्ष्यमा प्रत्येक वर्ष हुँदै आएको कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा मवेसी बजार स्थित श्री श्री १०८ श्री लक्ष्मी पुजाको शुभ घरीमा सम्पन्न कुस्ती प्रतियोगितामा प्रथम भएका पहलमानलाई नेकपा एमाले धनुषा जिल्ला कमिटि सदस्य यूवा नेता महेन्द्र यादव द्धारा नगद २१ हजार पुरस्कार स्वरुप प्रदान गरिएको छ । नेकपा एमाले धनुषा जिल्ला कमिटि सदस्य महेन्द्र यादव, नेकपा यूवा नेता श्याम महतो लगायतको आतिथीयमा आयोजित फाइनल कुस्ती प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, दोस्रोलाई ११ हजार ५ सय र तेस्रो स्थान ल्याउनेलाई नगद ५ हजार ५ सयको पुरस्कार तोकिएको थियो । श्री श्री १०८ श्री लक्ष्मी पुजा मेलालाई थप रौनक्ता दिनको लागी आयोजना गरिएको कुस्ती प्रतियोगितामा पहिलो पुरस्कारको कुस्ती मात्र सम्पन्न भयो भने दोस्रो र तेस्रो पुरस्कारको कुस्ती ड्रो भएको थियो । कुस्ती खेलको अन्तीम सम्मपनि नतिजा नआएपछि आयोजकहरुको निर्णय अनुसार दोस्रो र तेस्रो पुरस्कारको लागी भिडेका पहलमानहरुलाई जम्मा रासीको आधी आधी पैसा प्रदान गरिएको थियो । तिन दिन सम्म चलेको कुस्ती खेलको अन्तिम फाइनल दिनमा अखडामा उतरेका पहलमानहरुलाई नेकपा एमाले धनुषा जिल्ला कमिटि सदस्य महेन्द्र यादव, नेकपा यूवा नेता श्याम महतो, कल्पना फार्मेसीका संचालक कृष्ण यादव लगायतका अतिथीहरुले महलमानहरुलाई हाथ मिलाई होसला प्रदान गरेको थियो ।
त्यस्तै लक्ष्मी पुजा मेलामा विशेष सहयोग रहेको नेपाल खेलकुद संघ केन्द्रिय सदस्य यूवा नेता अनिल चौधरीका अनुसार खेलकुद मानव जिवनको लागी एउटा अभिन्न अंगको रुपमा रहेको छ त्यस्मा पनि हाम्रो समाजमा कुस्ती खेल लोपहुने अवस्थामा पुगेको छ । जसलाई जिवित गर्न र प्रत्येक वर्ष क्षिरेश्वरनाथ नगरपालिका सखुवा बजारमा हुँदै आएको श्री श्री १०८ श्री लक्ष्मी पुजा मेलालाई थप रौनक्ता दिनको लागी कुस्ती खेलको आयोजना गरिएको बताउनु भयो । साथै आउने दिनमा पनि यो समाजको लागी हाम्रो भुमिका अग्रीम नै रहने विश्वास दिलाउनु भएको थियो । साथै आउन लागेको हिन्दुहरुको महान पर्व छठ पर्वको शुभकामना दिदैँ मेलामा आयोजित विभिन्न कार्यक्रममा साथ सहयोग दिने सम्पुर्णलाई धन्यवाद दिएका थिएँ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग