दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
हिन्दुहरुको महान पर्व शुभ दिपावली लक्ष्मी पुजाको उपलक्ष्यमा भइरहेको जिल्ला स्तरिया कवडि प्रतियोगितामा आयोजक टिमले सान्दार जित हात पारेको छ ।

धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका सखुवा मवेसी बजार स्थित श्री श्री १०८ श्री लक्ष्मी पुजाको शुभ घरीमा भइरहेको कवडी प्रतियोगितामा आयोजक टिम श्री लक्ष्मी पुजा समितिका ए टिम रातो ले यूथ अफ सवैला टिमलाई ४९ का विरुध ६९ पोइन्ट लाएर पहिलो जित हासिल गरेको छ ।

Your Ad Code Here

लक्ष्मी पुजा कवडि खेलको संयोजक अनिल यादवको अध्यक्षता र श्री श्रीनाथ गणका गणपति गजेन्द्र रावलको प्रमुख आतिथयमा आयोजत प्रतियोगितामा खेलको पहिलो दिन ३ ओटा टिमको सहभागिता रहेको थियो । त्यस्तै दोस्रो दुधमती सेवा समित र फ्रोस अफ सवैलाको विचमा भएको कवडि खेलमा २७ का विरुध ४५ पोइन्ट लयार फ्रोस अफ सवैला प्रथम भएको छ । त्यस्तै तेस्रो सवैला नगरपालिका ए टिम र रमेशपुर कवडि टिमको विच भएको खेलमा रमेशपुर कवडि टिमले ३० का विरुध ४५ पोइन्ट लयार प्रथम भएको धनुषा जिल्ला कवडि संघका अध्यक्ष सरोज सिंहले जनकारी दिनुभयो । जिल्ला स्तरिया कवडि प्रतियोगिताको पहिलो दिनको कार्यक्रममा विशिष्ट अतिथी नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य नेकापा यूवा नेता अनिल चौधरी, टिभिएस सोरुमका संचालक सुनिल साह, सवामसेवी विनोद गुप्ता, राजकुमार महासेठ, जावेद खान लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । त्यस्तै खेल प्रतियोगितामा समाजसेवी जावेद खानले प्रत्येक र्निनायक कमिटि र व्यवस्थापक समतिलाई र बजाज सोरुमका संचालक द्धारा जर्सी प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग