धनुषाको जनकपुरधाम काव्या हस्पिटलको पूर्व पटिको रूम जाने बाटो बाट राति अपाचे मोटरसाइकल चोरी ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ९ काव्या हस्पिटलको पूर्व पटिको रूम जाने बाटो बाट राति ८ बजे १३ प १८६२ नं . को अपाचे ब्लु रङ्गकाे मोटरसाइकल चोरी भएको छ।
लक्ष्मीनिया गाउँपालिका ६ बस्ने कोशिला देवीकाे नाम रहेको १३ प १८६२ नं .काे मोटरसाइकल राती करिब ८ बजेको समयमा चोरी भएको छ।
जनकपुरधाम काव्या हस्पिटलको पूर्व पटिको रूम स्थित माेटरसाईकल राखेको अवस्थामा रातिमा चोरी भएको गाडी धनी जितेन्द्र यादवले जानकारी दिए ।
यादवले चोरी भएको रिपोर्ट जिल्ला प्रहरी कार्यालय धनुषामा गराएको छ । रिपोर्ट पाए लगतै प्रहरीले चोरीमा संलग्नको खोजीकार्य अघि बढाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech