दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

इलाम

खेल्ने क्रममा सिमेन्टको पिल्लर खम्बा लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ वर्षीय ग्रेसदीप रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ।

Your Ad Code Here

भित्तामा ठड्याएर राखेको कम्पाउन्ड बेरा गर्ने सिमेन्टको खम्बा लडेर किच्दा बालक गम्भीर घाइते भएका थिए। उपचारका लागि इलाम अस्पताल ल्याइएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

इलाम नगरपालिकाको खरेलडाँडाका बालक नेपालटारमा बाबु आमासँगै डेरा गरी बसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग