दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हालसम्म ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।
नेपाली सेनाका अनुसार उद्धार कार्यका लागि एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट फौज परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत विभिन्न स्थानबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।
उद्धार गरिएकामध्ये जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म शिशुसहित ४ जना, यारुबाट हुल्चुकसम्म दुई बालक र एक विदेशी नागरिक सहित १५ जना, हुल्चुकबाट फिलिम सम्म १ जना, नाम्रुङबाट फिलिमसम्म २ जना, न्याक्फेदीबाट न्याकडाँडासम्म ९ जना तथा पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई सुरक्षित स्थानमा पु¥याइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला सँग समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ । साथै, प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग