महोत्तरी । नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरको आयोजनामा महोत्तरीको बर्दिबास स्थित सैनिक श्री मध्यपूर्वी पृतना हेडक्वार्टरमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ कार्यक्रम अन्तर्गत आज २०८३ साल असोज २० गते प्रथम प्रवचन सहित अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । चार दिनसम्म सञ्चालन हुने कार्यक्रम असोज २० गतेदेखि २३ गतेसम्म जारी रहने जनाइएको छ । अभिमुखीकरण कार्यक्रममा रक्षा तथा सुरक्षा क्षेत्रसँग सम्बन्धित विविध विषयमा सञ्चारकर्मीलाई जानकारी गराइनुका साथै नेपाली सेनाको संरचना, भूमिका, जिम्मेवारी, कार्यसम्पादन, सुरक्षा मामिला तथा समसामयिक रक्षा विषयबारे आवश्यक जानकारी प्रदान गरिने बताइएको छ । त्यस्तै, सुरक्षा निकायसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानी, संवेदनशील सूचना तथा सुरक्षा मामिलामा पत्रकारले ध्यान दिनुपर्ने विषय, तथ्यको सत्यापन र जिम्मेवार पत्रकारिता लगायतका विषयमा समेत प्रशिक्षण तथा अभिमुखीकरण गरिने कार्यक्रमको प्रस्तुत विवरणमा उल्लेख छ । रक्षा तथा सुरक्षा क्षेत्रका विषयमा समाचार संकलन र सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई सम्बन्धित विषयको व्यावहारिक तथा संस्थागत जानकारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमले सञ्चारकर्मी र सुरक्षा निकायबीचको समन्वय, समझदारी र सहकार्यलाई थप मजबुत बनाउँदै रक्षा तथा सुरक्षा सम्बन्धी समाचारलाई तथ्यपरक, जिम्मेवार र संवेदनशील ढंगले सम्प्रेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मध्यपूर्वी पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको उक्त अभिमुखीकरण कार्यक्रमले रक्षा संवाददाताका रूपमा कार्यरत सञ्चारकर्मीको ज्ञान र क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech