महेन्द्रनगर, धनुषा । धनुषामा दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज र दुधमती टेलिभिजनको फेसबुक पेजलगायत सामाजिक सञ्जालबाट एकसाथ प्रसारण भइरहेको जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगिता ‘महासंग्राम’ को चौथो चरण सेमिफाइनल अन्तर्गत दोस्रो दिनको प्रतिस्पर्धा सम्पन्न भएको छ । दोस्रो सेमिफाइनलमा गंगोत्री बोर्डिङ स्कुल, महेन्द्रनगर र श्री मा.वि. इच्छापुर बीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धापछि कार्यक्रमबाट बाहिरिएका विद्यार्थीहरूलाई कार्यक्रम सहयोगी अनिल कुमार चौधरीको हातबाट सम्मानपूर्वक बिदाइ गरिएको थियो । विद्यार्थीहरूको ज्ञान, क्षमता र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहँदै आएको आयोजक दुधमती मिडिया प्रा.लि.ले जनाएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा असोज १९ गते हुने भएको छ । फाइनलमा श्री क्षिरेश्वर मा.वि. महेन्द्रनगर र गंगोत्री बोर्डिङ स्कुल महेन्द्रनगर आमनेसामने हुनेछन् । फाइनल प्रतिस्पर्धा पनि दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजनको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत एकसाथ प्रसारण गरिने आयोजकले जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech