दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषाको बटेश्वर गाउँपालिका–९ स्थित राष्ट्रिय प्राथमिक विद्यालय इल्लाखारी विजयरपुरको बालबालिकाका लागि गंगोत्री इङ्गलिस बोर्डिङ स्कुलले खेलकुद तथा मनोरञ्जनका लागि ‘प्ले स्टेशन’ निर्माण गरी सहयोग गरने भएको छ ।
बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका हुने भन्दै गंगोत्री स्कुलले विद्यालय परिसरमा बालबालिकाका लागि विभिन्न खेल सामग्री सहितको प्ले स्टेशन निर्माण गरने भएको छ ।
“खेलकुदसँगै पढाइमा पनि हाम्रो साथ, बालबालिकाको उज्ज्वल भविष्य हाम्रो लक्ष्य” भन्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको प्ले स्टेशनले विद्यालयमा अध्ययनरत बालबालिकालाई खेल्दै सिक्ने र मनोरञ्जन गर्ने अवसर प्रदान गर्ने विद्यालयले जनाएको छ ।
गंगोत्री इङ्गलिस बोर्डिङ स्कुलले Learn,Grow, Succeed भन्ने नारासहित शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाको समग्र विकासमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गर्ने भएको छ ।
विद्यालयमा प्ले स्टेशन निर्माण भएपछि विद्यार्थीहरूमा थप उत्साह बढ्नुका साथै खेलकुदका माध्यमबाट उनीहरूको सिर्जनात्मकता, शारीरिक सक्रियता र आत्मविश्वास विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग