महेन्द्रनगर, धनुषा । दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजनको फेसबुक पेजलगायत सामाजिक सञ्जालबाट एकसाथ प्रसारण भइरहेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’ को चौथो चरणअन्तर्गत पहिलो सेमिफाइनलबाट बाहिरिएका विद्यार्थीलाई सम्मानसहित बिदाइ गरिएको छ । पहिलो सेमिफाइनलमा सहभागी भई प्रतियोगिताबाट विदा भएका विद्यार्थीहरूलाई साना किसान कृषि सहकारी संस्था, दिगम्बरपुरका अध्यक्ष लक्ष्मी कुमार यादव ले सम्मान सहित बिदाइ गर्नुभएको हो । प्रतियोगिताले विद्यार्थीमा ज्ञान, आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना तथा अतिरिक्त क्रियाकलापप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको आयोजक दुधमती मिडिया प्रा.लि.ले जनाएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूबीच विभिन्न विषयमा ज्ञान तथा बौद्धिक प्रतिस्पर्धा हुँदै आएको छ । यसैबीच, चौथो चरणको दोस्रो सेमिफाइनल प्रतियोगिता आश्विन १७ गते हुने आयोजकले जनाएको छ । दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने विद्यालयका विद्यार्थीहरूबीच रोचक तथा ज्ञानवर्धक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । प्रतियोगिता दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजनको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत एकसाथ प्रसारण हुँदै आएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech