महेन्द्रनगर, धनुषा । धनुषाको महेन्द्रनगरमा दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजन लगायतका सामाजिक सञ्जालबाट एकसाथ प्रसारण भइरहेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’को क्वाटर फाइनलको चौथो दिन कार्यक्रमबाट बाहिरिएका विद्यार्थीलाई सम्मान सहित विदाइ गरिएको छ । प्रतियोगिताबाट विदा भएका विद्यार्थीलाई नोबेल ग्यास उद्योग प्रा.लि.का प्रतिनिधि तथा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी परीक्षण प्रसाद सिंहले सम्मान स्वरूप विदाइ गरेका हुन् । विद्यार्थीलाई प्रतियोगिताबाट बाहिरिए पनि आगामी दिनमा आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिँदै अझ राम्रो तयारीका साथ अघि बढ्न शुभकामना दिइएको थियो । प्रतियोगिताले विद्यार्थीमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको आयोजक दुधमती मिडिया प्रा.लि.ले जनाएको छ । दुधमती मिडियाले आयोजना गरेको यस जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता धनुषाका विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धाका रूपमा सञ्चालन भइरहेको छ । प्रतियोगिता दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत एकसाथ प्रसारण भइरहेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech