दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषाको महेन्द्रनगरमा दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’को क्वाटर फाइनल चरणको तेस्रो दिन प्रतियोगिताबाट विदा भएका विद्यार्थीलाई सम्मान सहित विदाइ गरिएको छ ।
दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजन फेसबुक पेज लगायतका सामाजिक सञ्जाल मार्फत एकसाथ प्रसारण भइरहेको प्रतियोगितामा सहभागी भई क्वाटर फाइनल चरणबाट बाहिरिएका विद्यार्थीलाई श्री क्षिरेश्वर माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक उपेन्द्र राय यादवको हातबाट सम्मान सहित विदाइ गरिएको हो ।
विदाइका क्रममा प्रधानाध्यापक यादवले विद्यार्थीहरूको सहभागिता, मेहनत र ज्ञानप्रतिको रुचिको प्रशंसा गर्दै प्रतियोगिताबाट बाहिरिए पनि यसले विद्यार्थीको ज्ञान र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
दुधमती मिडिया प्रा.लि.ले विद्यार्थीमा अध्ययन, ज्ञान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले सञ्चालन गरेको यस प्रतियोगितामा धनुषाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग