दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषामा दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजन पेज लगायतका सामाजिक सञ्जालबाट एकसाथ प्रसारण भइरहेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’को तेस्रो चरण क्वाटर फाइनलको दोस्रो दिनको प्रतियोगिता सम्पन्न भएको छ ।
क्वाटर फाइनलको दोस्रो दिनको प्रतिस्पर्धामा सहभागी भई प्रतियोगिताबाट विदा भएका विद्यार्थीहरूलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी सरोज कुमार रजकको हातबाट सम्मान सहित बिदाइ गरिएको हो ।
प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विषयमा आफ्नो ज्ञान, क्षमता र प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटर फाइनलको अर्को चरणमा प्रवेश गर्ने टोलीको छनोट गरिएको छ भने प्रतिस्पर्धाबाट बाहिरिएका विद्यार्थीहरूलाई आयोजकले सम्मान सहित बिदाइ गरेको हो ।
दुधमती मिडिया प्रा.लि.ले विद्यार्थीहरूमा ज्ञान, सिर्जनशीलता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’ सञ्चालन गरिरहेको जनाएको छ ।
प्रतियोगिता दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजन पेज तथा विभिन्न सामाजिक सञ्जालमार्फत एकसाथ प्रसारण भइरहेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग