महेन्द्रनगर, धनुषा । दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज र दुधमती टेलिभिजन फेसबुक पेजलगायत सामाजिक सञ्जालबाट एकसाथ प्रसारित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणको आठौँ दिनको कार्यक्रम सम्पन्न भएको छ । नकआउट चरणको आठौँ दिनको प्रतिस्पर्धाबाट बाहिरिएका विद्यार्थीहरूलाई आशुतोष बहुउद्देश्य तथा घरेलु उद्योगकी सञ्चालिका आशिका कुमारी गिरीको हातबाट सम्मान सहित बिदाइ गरिएको छ । प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा योगदान पु¥याउने आयोजकले जनाएको छ । प्रतियोगिताका विभिन्न चरणहरू दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजनको फेसबुक पेजलगायत सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण हुँदै आएका छन् । यसैबीच, आश्विन १२ गतेदेखि जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको क्वाटर फाइनल चरण सुरु हुने आयोजक दुधमती मिडिया प्रा.लि.ले जनाएको छ । क्वाटरफाइनलमा प्रवेश गरेका विद्यालयहरूबीच थप प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण दर्शक, स्रोताहरू तथा सहभागी विद्यालयहरूलाई आश्विन १२ गतेदेखि हुने क्वाटरफाइनल चरणमा जोडिन आयोजकले अनुरोध गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech