दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजनको फेसबुक पेज लगायत सामाजिक सञ्जालबाट एकसाथ प्रसारित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणको सातौं दिन प्रतियोगिताबाट बाहिरिएका विद्यार्थीलाई सम्मानसहित विदाइ गरिएको छ ।
प्रतियोगिताको सातौं दिनको प्रतिस्पर्धामा सहभागी भई आगामी चरणमा प्रवेश गर्न नसकेका विद्यार्थीहरूलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी जितेन्द्र कुमार यादवको हातबाट सम्मान तथा शुभकामना सहित विदाइ गरिएको हो ।
जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको ज्ञान, क्षमता, प्रतिभा र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आएका छन् । नकआउट चरणमा प्रवेश गरेसँगै प्रतिस्पर्धा थप रोचक र चुनौतीपूर्ण बन्दै गएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट बाहिरिएका विद्यार्थीहरूलाई सम्मानसहित विदाइ गर्दै राष्ट्रसेवक कर्मचारी यादवले प्रतियोगितामा सहभागी हुनु नै विद्यार्थीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले प्रतियोगिताबाट बाहिरिए पनि प्राप्त अनुभवलाई आगामी दिनको अध्ययन तथा अन्य प्रतिस्पर्धामा उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।
यस्ता प्रतियोगिताले विद्यार्थीमा सामान्य ज्ञान, समसामयिक विषयवस्तु, स्थानीय तह, इतिहास, भूगोल, विज्ञान तथा सामाजिक विषयप्रति रुचि बढाउनुका साथै आत्मविश्वास र प्रस्तुतीकरण क्षमता विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग