महेन्द्रनगर, धनुषा । दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज र दुधमती टेलिभिजनको फेसबुक पेज लगायत सामाजिक सञ्जाल मार्फत एकसाथ प्रसारित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणको छैठौं दिन प्रतियोगिताबाट विदा भएका विद्यार्थीहरूलाई सम्मान सहित बिदाइ गरिएको छ । प्रतियोगिताबाट बाहिरिएका विद्यार्थीहरूलाई नेपाल सरकारकी राष्ट्रसेवक कर्मचारी विन्दा कुमारी शर्माको हातबाट सम्मान सहित बिदाइ गरिएको हो । विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा धनुषा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । कार्यक्रममा प्रतियोगिताबाट बाहिरिए पनि विद्यार्थीहरूको उत्साह र मेहनतको प्रशंसा गर्दै आगामी दिनमा अध्ययन तथा ज्ञानवर्धक गतिविधिमा निरन्तर लाग्न प्रेरित गरिएको थियो । दुधमती मिडिया प्रा.लि.को आयोजनामा सञ्चालित हाजिरी जवाफ महासंग्रामले विद्यालय तहका विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर ज्ञान, प्रतिभा र प्रतिस्पर्धात्मक क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech