महेन्द्रनगर, धनुषा । दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजन फेसबुक पेज लगायतका सामाजिक सञ्जाल मार्फत एकसाथ प्रसारण भइरहेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणको आठौँ दिन कार्यक्रमबाट विदा भएका विद्यार्थीहरूलाई सम्मान सहित बिदाइ गरिएको छ । प्रतियोगिताको आठौँ दिनको प्रतिस्पर्धापछि कार्यक्रमबाट बाहिरिएका विद्यार्थीहरूलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी अजय कुमार यादवको हातबाट सम्मान सहित बिदाइ गरिएको हो । विद्यार्थीहरूमा अध्ययन, ज्ञान र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले सञ्चालन भइरहेको हाजिरीजवाफ महासंग्राममा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरूको मेहनत, ज्ञान र प्रस्तुतिको प्रशंसा गर्दै आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिई शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना दिइएको थियो । दुधमती मिडिया प्रा.लि.ले आयोजना गरेको यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो ज्ञान प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लास्तरमा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पु¥याइरहेको आयोजकले जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech