दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजनको फेसबुक पेजलगायत सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणको चौथो दिन कार्यक्रमबाट विदा भएका विद्यार्थीलाई सम्मानसहित विदाइ गरिएको छ ।
प्रतियोगिताबाट विदा भएका विद्यार्थीलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी भरत यादवले सम्मान सहित विदाइ गर्नुभएको हो । विद्यार्थीको ज्ञान, प्रतिभा र प्रतियोगितामा गरेको सहभागिताको कदर गर्दै सम्मान सहित विदाइ गरिएको आयोजकले जनाएको छ ।
दुधमती मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा धनुषा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताले विद्यार्थीमा सामान्य ज्ञान, अध्ययनशीलता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
यसैबीच, आश्विन ८ गते प्रतियोगिताको नकआउट चरणको पाँचौँ दिन गंगोत्री बोर्डिङ स्कुल, महेन्द्रनगर र श्री महेन्द्र माध्यमिक विद्यालय, ढल्केवरबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिता बेलुका ४ः३० बजेदेखि सञ्चालन हुने आयोजक दुधमती मिडिया प्रा.लि.ले जनाएको छ । प्रतियोगिता दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजनको फेसबुक पेजलगायत सामाजिक सञ्जालबाट समेत प्रसारण गरिनेछ ।
“सुन्नुहोस्, हेर्नुहोस् र साथ दिनुहोस्” भन्ने नारासहित सञ्चालन भइरहेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्राममा सहभागी विद्यालयका विद्यार्थी, अभिभावक तथा दर्शकको उत्साहजनक सहभागिता रहँदै आएको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग