दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’ को दोस्रो नकआउट चरणको पहिलो दिनको प्रतिस्पर्धाबाट विदा भएका विद्यार्थीलाई सम्मानसहित विदाई गरिएको छ ।
प्रतियोगिताबाट बाहिरिएका विद्यार्थीलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी पंकज कुमार पजियारले सम्मान गर्दै आगामी शैक्षिक तथा व्यक्तिगत यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो ।
विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रतिस्पर्धाबाट बाहिरिए पनि उनीहरूको सहभागिता र प्रयासको कदर गर्दै सम्मान सहित विदाई गर्ने व्यवस्था गरिएको आयोजक दुधमती मिडिया प्रा.लि.ले जनाएको छ ।
प्रतियोगिताले विद्यार्थीहरूमा सामान्य ज्ञानप्रतिको रुचि बढाउनुका साथै अध्ययन, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग