दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
अमेरिकी दूतावासको सहयोगमा सञ्चालन गरिएको उद्यमशीलता सीप निर्माण कार्यक्रम क्यापस्टोन एक्सेलेरेटर सफलतापूर्वक सम्पन्न गरेपछि धनुषाको मिथिला नगरपालिका–२ सुखजोरस्थित आसुतोष बहुउदेश्य तथा घरेलु उद्योगकी सञ्चालिका आशिका कुमारी गिरी सम्मानित भएकी छन् ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको उपलब्धिमा उनलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको हो । उक्त कार्यक्रमले महिला उद्यमीहरूको नेतृत्व क्षमता, व्यवसाय व्यवस्थापन, वित्तीय योजना, बजार विस्तार, नवप्रवर्तन तथा उद्यम विकास सम्बन्धी व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।
प्रमाणपत्र प्राप्त गरेपछि सञ्चालिका गिरीले आफूले कार्यक्रममा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई आफ्नै उद्योगको विस्तार तथा स्थानीय उत्पादनको गुणस्तर अभिवृद्धिमा उपयोग गर्ने बताइन् । साथै, यसबाट अन्य महिला उद्यमीहरूलाई पनि उद्यमशीलतामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
स्थानीय स्तरमै घरेलु तथा बहुउद्देश्यीय उद्योग सञ्चालन गर्दै आएकी गिरीले विभिन्न उत्पादनमार्फत स्वरोजगार सिर्जना तथा स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएकी छन् । उनको यो सम्मानले धनुषाका महिला उद्यमीहरूको मनोबल थप उच्च बनाउने अपेक्षा गरिएको छ ।
अमेरिकी दूतावासद्वारा सञ्चालित क्यापस्टोन एक्सेलेरेटर कार्यक्रम उद्यमीहरूको क्षमता विकास, व्यवसायको दिगोपन तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम हो । कार्यक्रममा सहभागी उत्कृष्ट उद्यमीहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग