दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ११ बजे प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई जाँच गर्दा २० वर्षीय सवरजित दासले लगाएको पाइन्टको दाहिने गोजीबाट म्यागजिनसहित ९ एमएम जस्तो देखिने पेस्तोल बरामद गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद भएको पेस्तोलसहित पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय लहान मा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग