काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् । उनीहरूले आफ्नो नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका छन् । पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा तथा सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने निर्णय गरिएको जनाइएको छ । नयाँ राजनीतिक शक्तिको रूपमा अघि बढ्ने उद्देश्यसहित गठन गरिएको उक्त पार्टीलाई वैधानिक मान्यता दिलाउन उनीहरूले साउन २८ गते निर्वाचन आयोग नेपाल मा दल दर्ताका लागि जाने तयारी गरेका छन् । राप्रपा परित्याग गरेपछि दुवैले अलग राजनीतिक अभियान सञ्चालन गर्दै आएका थिए । अब उनीहरूले नयाँ दलमार्फत आफ्नो राजनीतिक एजेन्डा र कार्यक्रम अघि बढाउने बताएका छन् । पार्टीको औपचारिक घोषणा, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत जानकारी दल दर्ता प्रक्रियापछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech