दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,धनुषा
सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्राप्त जानकारीअनुसार टोलीले सरकारी क्वाटरमा गरिएको खानतलासीका क्रममा ८ लाखभन्दा बढी नगद बरामद गरेको जनाएको छ । बरामद गरिएको रकम घुससँग सम्बन्धित भएको आशंकामा अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका दुवै कर्मचारीलाई नियन्त्रणमा लिएर बयान लिने तथा बरामद रकमको स्रोत, त्यसको उद्देश्य र सम्भावित भ्रष्टाचारजन्य गतिविधिबारे अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अख्तियारको तयारी रहेको बताइएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग