महेन्द्रनगर, धनुषा । धनुषाको मिथिला नगरपालिका–२ स्थित नक्टाझिज खानेपानी आयोजनामा जडान गरिएको विद्युत् ट्रान्सफर्मर गएराति अज्ञात समूहले चोरी गरेपछि शनिवार बिहानदेखि खानेपानी सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । ट्रान्सफर्मर चोरी भएपछि मोटर सञ्चालन हुन नसक्दा धारामा पानी नआएपछि स्थानीय उपभोक्ताहरूले निकै सास्ती बेहोर्नुपरेको छ । स्थानीयका अनुसार बिहान नियमित समयमा धारामा पानी आउने अपेक्षा गरे पनि पानी नआएपछि ट्रान्सफर्मर चोरी भएको जानकारी प्राप्त भएको हो । खानेपानी आयोजना सञ्चालन हुन नसक्दा दैनिक उपभोगका लागि आवश्यक पानीको अभाव सिर्जना भएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech