महेन्द्रनगर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ अन्तर्गत जनकपुर–ढल्केवर सडकखण्डमा रहेको राजदेवी मन्दिर अगाडि शुक्रबार राति करिब १० बजे अज्ञात समूहले बैठार क्याफेका सञ्चालकसहितका व्यक्तिमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार क्याफे सञ्चालक र उनीसँग रहेका व्यक्तिमाथि केही अज्ञात व्यक्तिहरूको समूहले अचानक आक्रमण गरी कुटपिट गरेको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकको निगरानीमा उनीहरूको उपचार जारी रहेको छ । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाबारे जानकारी प्राप्त भएसँगै दोषीहरूको खोजी तथा घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाको कारण भने हालसम्म खुलेको छैन । कुटपिट व्यक्तिगत विवाद, पुरानो रिसइबी वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech