दाङ, दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा सडक किनारमा रोकिराखिएको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडिको भागमा लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलमा सवार सोही स्थानका अन्दाजी ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग