दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

सुर्खेत,
हिमाली गाउँपालिका मा भएको लुटपाट, तोडफोड र कुटपिट घटनामा प्रशासनले प्रभावकारी चासो नदेखाएको आरोप लगाउँदै हिमाली युवा क्लबले आइतबारदेखि कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ। क्लबका अनुसार जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी तथा राजनीतिक दलहरूबीच भएको २४ घण्टे सहमति कार्यान्वयन नभएको मात्रै होइन, उल्टै स्थानीयका घरहरूमा थप लुटपाट र तोडफोडका घटना भएको दाबी गरिएको छ। घटना लाम्पाटा क्षेत्रमा भएको बताइएको छ, जहाँ स्थानीय बासिन्दामाथि कुटपिट हुनुका साथै घरहरूमा तोडफोड र धनमाल लुटिएको आरोप छ। क्लबले खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिका का केही व्यक्तिहरू घटनामा संलग्न रहेको आरोप लगाएको छ। युवा क्लबले घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्न, संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन, लुटिएको धनमालको क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको उपचार खर्च पीडक पक्षबाट बेहोर्न माग गरेको छ। त्यस्तै, विस्थापित परिवारको पुनस्र्थापना, सुरक्षा ग्यारेन्टी तथा निर्माणाधीन प्रहरी चौकी भवनमा भएको क्षतिको क्षतिपूर्ति गरी निर्माण कार्य तत्काल अघि बढाउन पनि माग गरिएको छ। क्लबले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग