महेन्द्रनगर, धनुषा
साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिहरपुर को १५औँ वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ । मिथिला नगरपालिका–ढल्केवर स्थित श्री महेन्द्र माध्यमिक विद्यालय को प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य बासुदेव महतोको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ का अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत गतिविधि सम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नवगठित सञ्चालक समितिलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा सहकारीको प्रगति, सदस्यहरुको सहभागिता तथा आगामी योजनाबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ ।
साधारणसभामा विशिष्ट अतिथिका रूपमा साना किसान विकास लघुवित वित्य संस्था लि. शाखा कार्यालय बर्दिबाँसका प्रबन्धक विशाल तुलाधरको उपस्थिति रहेको थियो । त्यसैगरी पूर्व अध्यक्ष सेवक महतो, रामकुमार महतो लगायत विभिन्न सामाजिक तथा सहकारी क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रुमा कुमारी सिंह, गीता सिंह, सोनेलाल बल तामाङ, सुरेन्द्र बहादुर बुलन, भरोसी यादव, मञ्जु देवी, शम्भु महतो, राम उदगार महतो, पदम बहादुर पाँचे तथा योगेन्द्र महतो लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।
उपस्थित अतिथिहरूमाझ संस्थाकी निमित्त प्रबन्धक ललिता कुमारी महतोले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले किसानहरुको आर्थिक सशक्तीकरण, बचत तथा ऋण परिचालनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । उनले सदस्यहरुको सक्रिय सहभागिता र सहकार्यले संस्थालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।
यसैबीच, नवगठित कार्यसमितिलाई औपचारिक रूपमा सपथ ग्रहण गराइएको थियो । नवगठित कार्यसमितिको अध्यक्षमा नरेन्द्र यादव चयन भएका छन् भने उपाध्यक्षमा ललिता देवी महतो चयन भएकी छन् । सदस्यहरूमा अताबुल रहमान, पवित्री देवी महतो, सुलेखा देवी, चन्द्रमाया बुलन, शम्भु महतो, सुनिता देवी महतो तथा फुलप्रास देवी यादव रहेका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा रिंकु कुमारी चयन भएकी छन् भने सदस्यहरूमा सहजलाल महरा र गीता चौधरी रहेका छन् ।
कार्यक्रममा वक्ताहरूले सहकारी संस्थाहरू ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै कृषि क्षेत्रको विकास, किसानको आत्मनिर्भरता तथा स्थानीय आर्थिक समृद्धिका लागि सहकारी अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग