दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमाण्डौं,
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेस प्रदेश लगायत अन्य क्षेत्रका अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागमा तातो दिनको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहने मौसमविद्ले बताएका छन्।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग