दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमाण्डौं,
रोल्पामा फेला परेको संकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरी नष्ट गरेको छ। रोल्पाको परिवर्तन गाउँपालिका–३ बाघमारास्थित सडक मर्मतका क्रममा संकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुबारे जानकारी प्राप्त भएपछि नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोज टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै संकास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरी नष्ट गरेको नेपाली सेनाले जनाएको छ। घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग