महेन्द्रनगर, धनुषा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका नगर आप्रवासी श्रमिक सञ्जाल को बैठक नगर आप्रवासी श्रमिक सञ्जालका अध्यक्ष प्रबोध यादवको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वडा नं. १ देखि १० सम्मका वडा स्तरीय सञ्जालका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैठकमा नगर स्तरीय आप्रवासी श्रमिक सञ्जाललाई अझ मजबुत, संगठित तथा एकबद्ध बनाउँदै प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा विस्तृत छलफल गरिएको थियो । साथै आप्रवासी श्रमिकहरूको हकहित संरक्षण, समन्वय तथा संगठन विस्तारका विषयमा समेत सहभागीहरूले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागीहरूले सञ्जाललाई सक्रिय र प्रभावकारी बनाउँदै आप्रवासी श्रमिकहरूको समस्या समाधान तथा अधिकार सुनिश्चित गर्न सबै तहबीच सहकार्य र एकताको आवश्यकता रहेकोमा जोड दिएका थिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech