दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित १५ शैया अस्पताल भवनको विधिवत् शिलान्यास गरिएको छ । नगर प्रमुख सुखदेव यादव र नगर उपप्रमुख रचना श्रेष्ठ माथेमा ले संयुक्त रुपमा पूजा–पाठ गरी अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा उपस्थित नगर प्रमुख यादवले नगरबासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण कार्य सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षिरेश्वरनाथ नगरपालिकाका नागरिकले सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित यो अस्पताल निर्माण थालिएको हो । स्वास्थ्य क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको छ ।
उपप्रमुख रचना श्रेष्ठ माथेमाले अस्पताल निर्माणपछि स्थानीय नागरिकले आधुनिक तथा प्रभावकारी स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरको स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउन नगरपालिका निरन्तर लागिरहेको बताउँदै अस्पताल निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
शिलान्यास स्थलमा राखिएको बोर्ड अनुसार बलाजी ड्रिमवे जन आदर्श जे.भी. सिरहा कम्पनीसँग मिति २०८२ चैत्र १८ गते सम्झौता भई मिति २०८४ चैत्र १८ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्य १२ करोड १० लाख २१ हजार २ सय २१ रुपैयाँको लागतमा सम्पन्न हुने उल्लेख गरिएको छ ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष मकेश्वर यादव, वडा नं. २ का अध्यक्ष देवु यादव, वडा नं. ५ का अध्यक्ष जिवछ मण्डल, वडा नं. ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, वडा नं. ७ का अध्यक्ष मुवारक कवारी, वडा नं. ८ का अध्यक्ष मोद कुमार महतो मोदी, स्वास्थ्य शाखाका संयोजकसहित कर्मचारी तथा विभिन्न क्षेत्रका अतिथिहरुको उपस्थिति रहेको थियो ।
स्थानीयवासीहरुले अस्पताल निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने अपेक्षा गरेका छन् । १५ शैया अस्पताल निर्माण सम्पन्न भएपछि क्षिरेश्वरनाथ नगरपालिकाका हजारौं नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग