दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत विभिन्न वडाहरूमा अहिले विकास निर्माणका कार्यहरू तीव्र रूपमा सञ्चालन भइरहेको छ । सडक, नाला, पूर्वाधार तथा अन्य जनहितका योजनाहरू क्रमिक रूपमा अगाडि बढिरहेको अवस्थामा नगर प्रमुख सुखदेव यादव ले सम्पूर्ण जनप्रतिनिधि, सरोकारवाला तथा नगरबासीहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
नगर प्रमुख यादवले विकास निर्माण कार्यलाई प्रभावकारी र सहज बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले “कुनै पनि ठाउँको विकास सबैको साथ, सहयोग र सहभागिताबाट मात्रै सम्भव हुन्छ” भन्दै सञ्चालन भइरहेका योजनाहरूमा अवरोध नगरी सहजीकरण गर्न अनुरोध गर्नुभएको छ ।
नगरपालिकाले विभिन्न वडाहरूमा जनअपेक्षा अनुसारका योजनाहरू कार्यान्वयन गरिरहेको जनाएको छ । साथै विकास निर्माणका क्रममा देखिन सक्ने असहजता वा समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्न नगरवासीलाई आग्रह गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग