दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

धनुषा, महेन्द्रनगर ।
क्षिरेश्वरनाथ नगरपालिकाका विभिन्न वडाबाट प्राप्त मागपत्र तथा स्थानीय कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै वडा नं. १, २, ३ र ४ मा कृषि सडक निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाले कृषकहरुलाई सहज रुपमा खेतबारीसम्म पुग्न तथा कृषि उत्पादन ढुवानीमा सुविधा पु¥याउने उद्देश्यले कृषि सडक निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नगर प्रमुख सुखदेव यादवका अनुसार कृषि क्षेत्रको विकास बिना नगरको समग्र आर्थिक समृद्धि सम्भव नभएको बताउँदै क्रमिक रुपमा नगरका सबै वडामा कृषि सडक विस्तार गरिने जानकारी दिनुभयो । उहाँले कृषकहरुको आवश्यकता अनुसार सडक, सिँचाइ तथा कृषि पूर्वाधार निर्माणलाई नगरपालिकाले विशेष प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभयो ।
हाल निर्माण भइरहेको कृषि सडकले खेतसम्म कृषि सामग्री पु¥याउन, उत्पादन बजारसम्म लैजान तथा वर्षायाममा हुने आवतजावतको समस्यालाई सहज बनाउने स्थानीय कृषकहरुको अपेक्षा रहेको छ । नगरपालिकाले आगामी दिनमा अन्य वडाहरुमा समेत आवश्यकता र बजेटको आधारमा कृषि सडक निर्माण कार्यलाई निरन्तरता दिने जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग