दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

धनुषाको महेन्द्रनगरस्थित Citizens Bank International Limited शाखाले बैंकको १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा बर्दिबास तथा विद्यापति शाखाका कर्मचारीहरू सहित अन्य सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

उक्त रक्तदान कार्यक्रममा जम्मा २४ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा विकास कार्की, सञ्जय कुमार साह, तेजनिधि भट्टराई, केशव कुमार सिंह लगायत रहेका थिए। त्यसैगरी बर्दिबास शाखाका कर्मचारीहरू बसुदेव भट्टराई, सुरेश खनाल तथा विद्यापति शाखाका कर्मचारीहरू पवन भट्टराई, रवि कुमार केशरी र मुकेश कुमार यादवको उल्लेखनीय सहभागिता रहेको थियो।

Your Ad Code Here

महेन्द्रनगर शाखाका शाखा प्रबन्धक प्रकाश अधिकारीले अस्पतालहरूमा आकस्मिक अवस्था, शल्यक्रिया, सुत्केरी सेवा तथा दुर्घटनाका बिरामीहरूको उपचारका लागि रगत अत्यन्त आवश्यक हुने भएकाले रक्तदानलाई जीवन बचाउने महान कार्यका रूपमा लिनुपर्ने बताउनुभयो।

वार्षिकोत्सवकै अवसरमा बैंकले देशभरका विभिन्न शहरहरूमा वित्तीय साक्षरता र्‍याली समेत सञ्चालन गरेको जनाएको छ। बैंकका २०० भन्दा बढी शाखाका कर्मचारीहरूको सहभागितामा सम्पन्न उक्त र्‍यालीमार्फत सर्वसाधारणलाई बचत, लगानी, डिजिटल बैंकिङ तथा वित्तीय अनुशासनसम्बन्धी जनचेतना फैलाइएको थियो।

यसै अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमबाट स्थानीय सर्वसाधारण लाभान्वित भएका छन्। साथै बैंकले “Citizens Digital Month उत्सव” समेत शुभारम्भ गरेको छ।

विशेष अभियान अन्तर्गत Debit Card Activation, Mobile Banking Renewal, ECOM Cards, QR / POS Device लगायतका सेवाहरूमा क्यासब्याक, छुट तथा Referral Program जस्ता आकर्षक योजनाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

नयाँ वर्ष २०८३ को अवसर पारेर सुरु गरिएको “Digital Month उत्सव” बैशाख ६ गतेदेखि बैशाख २० गते २०८३ सम्म सञ्चालन हुने जनाइएको छ।

“रक्तदान, जीवनदान” भन्ने मूल सन्देशका साथ आयोजना गरिएका यी कार्यक्रमहरूले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) लाई थप मजबुत बनाएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा सहयोगीप्रति बैंकले हार्दिक आभार व्यक्त गरेको छ। साथै भविष्यमा पनि यस्ता सामाजिक, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग