महेन्द्रनगर, धनुषा धनुषाको धनुषाधाम स्थित ग्रेटर मधेश मिडिया प्रा.लि.द्वारा सञ्चालित रेडियो धनुषले आफ्नो छैठौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै रेडियो धनुषका सञ्चालक तथा पत्रकार मुकेश कुमार ठाकुरले रेडियोले छोटो समयमै समुदायसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल भएको बताए । उनले भने, “रेडियो धनुष केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइन, यो जनताको आवाज बोल्ने सशक्त प्लेटफर्म बनेको छ । हामीले सदैव सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई प्राथमिकतामा राख्दै आएका छौं । ठाकुरले आगामी दिनमा पनि स्थानीय स्तरका समस्या, सम्भावना र विकासका विषयलाई प्राथमिकताका साथ उजागर गर्दै रेडियोलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चार माध्यमको जिम्मेवारीप्रति सजग रहँदै जनताको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य रहेको पनि उल्लेख गरे । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले रेडियो धनुषले ग्रामीण क्षेत्रका आवाजलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गरेका थिए । रेडियो धनुषले विगत ६ वर्षदेखि समाचार, सूचना, मनोरञ्जन तथा जनचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्दै स्थानीय तहमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech