दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाबाट करिब एक सातादेखि हराइरहेकी एक किशोरी भारतको लखनउ मा फेला परेकी छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ इच्छापुर, जलाद पुल नजिक पसल सञ्चालन गर्दै आएका गणेश प्रसाद दुंगेलकी १३ वर्षीया छोरी सृष्टि दुंगेल सुरक्षित अवस्थामा फेला परेको पुष्टि भएको छ ।
प्राप्त जानकारी अनुसार किशोरी हराएको घटनापछि उनको खोजी कार्य तीव्र बनाइएको थियो । सो क्रममा स्थानीय सञ्चार माध्यम रेडियो धनुषाधाम मा कार्यरत पत्रकार गोविन्द यादव सहितको टोलीले सक्रिय रूपमा अनुसन्धान र खोजी अभियान सञ्चालन गरेको थियो ।
टोलीको निरन्तर प्रयासबाट किशोरी राखिएको स्थान पहिचान गरिएको र त्यसपछि भारतको उत्तर प्रदेश अन्तर्गत पर्ने लखनउस्थित प्रशासनको सहयोगमा उनको सफल उद्धार गरिएको पत्रकार यादवले जानकारी दिएका छन् ।
उद्धारपछि किशोरी हाल सुरक्षित अवस्थामा रहेको र आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ । यस घटनाले सीमा क्षेत्रका बालबालिका हराउने तथा मानव बेचबिखनजस्ता संवेदनशील विषयप्रति पुनः गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
स्थानीय प्रशासन तथा सरोकारवाला निकायले यस्ता घटनाको रोकथामका लागि थप सजगता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग