महेन्द्रनगर, धनुषा नेकपा एमालेको तर्फबाट समानुपातिक प्रणालीमार्फत धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी नेतृ यशोधा देवी यादवलाई प्रतिनिधिसभा सदस्य (सांसद) को जिम्मेवारी प्रदान गरिएकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूले खुशी व्यक्त गरेका छन् । धनुषाका स्थानिय नेताहरुले रघुविर महासेठ ले पार्टीको तर्फबाट यादवलाई संसदमा प्रतिनिधित्व गर्ने अवसर दिलाएको भन्दै स्थानीय नेताहरूले धन्यवाद व्यक्त गरेका छन् । क्षेत्रका नेता तथा कार्यकर्ताहरूले यो निर्णयले धनुषा जिल्लाको आवाज राष्ट्रिय राजनीतिमा अझ सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले क्षिरेश्वरनाथ नगरपालिकाकी कर्मठ नेतृ यसोदा देवी यादव लाई समानुपातिक प्रणालीमार्फत सांसद बनाइएकोमा गौरवको विषय भएको बताएका छन् । नेताहरूले नव–निर्वाचित सांसद यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको नेतृत्वमा जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठ्ने अपेक्षा व्यक्त गरेका छन् । स्थानीय कार्यकर्ताहरूका अनुसार यो नियुक्तिले क्षिरेश्वरनाथ नगरपालिका लगायत धनुषा क्षेत्रका जनताको आशा, विश्वास र प्रतिनिधित्वलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech